लायन्स क्लव अफ काठमाण्डौं,गुरास सारग हेल्थ केयर,कान्तिपुर डेन्टल कलेज र देब बहादुर स्मृति कोषको संयुक्त प्रयासमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । ललितपुर महानगरपालिका वडा नं. २१ खोकना स्थित जितापुर गन्धकुटि बिहारमा सो शिबिर हुन लागेको हो । यहि आउँदो माघ ३ गते शनिवारका लागी सो शिबिर को कार्यक्रम तय गरिएको छ । उक्त दिन शिबिर बिहान ९ बजे देखी २ बजे सम्म संन्चाल हुने भएको छ साथै नाम दर्ताको लागी बिहान ८ बजे देखी मध्यान्ह १२ बजे सम्म टिकट खुल्ने जानकारी आयोजकले दिनु भयो । उक्त दिनको शिबिरमा स्त्री रोग सम्बन्धि,चिनि तथा थाईराईड जाँच,क्यान्सर रोग सम्बिन्धि जाँच,नाक,कान,घाटि सम्बन्धि जाँच,हाडजोर्नी सम्बन्धि रोगको जाँच,सामान्य चिकित्सा सम्बन्धि जाँच,भिडियो—एक्सरे सम्बन्धि जाँच र ईसिजी सेवा र दन्त रोग सम्बन्धि जाँच हुने आयोजकले जनाएका छन ।
खोकना जितापुर बिहारमा बृहत स्वास्थ्य शिबिर हुने













