आउँदो माघ १० गते देखी तेस्रो ल.पु.म.न.पा वडा ब्यापी बिर गणेशमान फुटसल कप प्रतियोगिता शुरु

तेस्रो ल.पु.म.न.पा वडा ब्यापी बिर गणेशमान फुटसल कप शुरु हुने भएको छ । तेस्रो ल.पु.म.न.पा वडा ब्यापी बिर गणेशमान फुटसल कपको उद्धघाटन खेल माघ १० गते खोकना भैसेपाटि स्थित वन ट्रि हिल फुटसल एक्लो डाँडाँमा हुने भएको छ । खेल संगै उत्कृष्ट टोलीलाई प्रथम पुरस्कार स्वरुप नगद रु १०००००,द्धितिय पुरस्कार नगद रु ५००००,तृतिय पुरस्कार नगद रु २५०००को ब्यवस्था गर्ने आयोजकले जनाएको छ । साथै खेलमा उत्कृष्ट खेलाडि,उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ता खेलाडिलाई नगद १००००को पुरस्कारको ब्यवस्था हुने जानकारी दिनु भयो । तेस्रो ल.पु.म.न.पा वडा ब्यापी बिर गणेशमान फुटसल कपको खेल तालिका छिट्टै पत्रकार सम्मेलन गरि प्रकाशन गर्ने आयोजकले जानकारी दिनु भयो । तेस्रो ल.पु.म.न.पा वडा ब्यापी बिर गणेशमान फुटसल कप प्रतियोगितामा मा पछिल्लो दोस्रो संस्करणमा खोकना २१ वडा कार्यालय २१ए टिमले दोस्रो स्थान हासिल गर्न सफल भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *