ललितपुर महानगरपालिका वडा नं २१ को पहल तथा भेप्को बुल्खा टोल सुधार समितिको आयोजनामा शनिवार सरसफाई कार्यक्रम गरिएको हो । प्राचिन काल देखी चल्दै आएको राजकुलो मा धेरै ठाँउमा अवरोध भएको कारण जनजिबन तथा खेतिपाति शुद्ध असर देखिन थाले पछि सो राजकुलो सरसफाई गरिएको हो । सो राजकुलो संग प्रत्यक्ष सरोकार वडा नं. १८ र वडा नं. २५ रहने भएको ले २१ वडा खोकनाले समन्वय गर्न पत्राचार समेत गरेको थियो । एक्लो डाँडाँबाट चोभार बग्ने राजकुलो अन्तरगत अवरोध भएको एक्लो डाँडाँबाट दायाँ मोड्ने राजकुलो पुर्ण रुपमा बन्द भएको अवस्थामा स्थानियको प्रयासमा खोलिएको हो ।
भेप्को बुल्खा टोल सुधार समितिको आयोजनामा राजकुलो सरसफाई कार्यक्रम सम्पन्न गरेका छन ।













