खोकना, ललितपुर
संसार क्रियसन अनलाईनका प्रमुख बहु प्रतिभाशाली ब्यक्तित्व स्वतन्त्र महर्जनको ४६ बर्षको अल्पायुमै असामयिक निधन भएको छ । चार दिन अघि मात्रै स्वास्थ्यमा गडबडि देखीएपछि महर्जन किर्तिपुर अस्पताल भर्ना भएका महर्जनको आज शनिवार बिहान ५ः३० बजे मृत घोषणा गरिएको हो । अत्यन्तै सरल,मिलनसार र भाबुक ब्यक्तित्व हुनुहुन्थ्यो । समाज सेवामा अहोरात्र खट्ने उहां को निधन ले सारा नेपाल भाषा को कला र कलाकारितामा ठुलो क्षति भएका छन ।
विगत डेढ दशकदेखि स्पाइनल कर्डमा एक किसिमको ट्युमरको समस्या आएपछि हिंड्न नसक्ने अवस्थामा पुगेका थिए। यस्तो अवस्थाको बाबजुद पनि नेपाली तथा नेपालभाषाको कला र कलाकारिताको उत्थानमा लागिपर्दैआएका अत्यन्त मेहनती, कर्मठ तथा साहसी व्यक्तित्व स्वतन्त्र संसार महर्जनले विभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रम र अवार्ड समारोह गर्दैआएको छ। विश्वकै सर्वाधिक लामो र सर्वाधिक अवार्ड भएको संसार नेशनल म्युजिक भिडियो अवार्डको तेश्रो संस्करण गत जेठ महिनामा मात्र भव्य तथा सभ्य रुपमा संपन्न गरिएको थियो।













