भैसेपाटि–छ्यासीकोट/खोकना दोबाटोमा कृषि तथा तरकारी बजार खुल्यो

भैसेपाटि, ललितपुर

सुर्य कलश प्रा.लि. द्धारा सञ्चालित कृषि तथा तरकारी बजारको शुभ साईत आज २०८२ असोज २६ गते आईतवारका दिन प्रसाद ग्रहण गरी सम्पन्न भएका छन । ललितपुर महानगरपालिका वडा नं. २५ अन्तर्गत पर्ने सो तरकारी बजार खोल्नु अगाडि १४ बर्ष अगाडि बल्खु कृषि तथा तरकारी बजार सञ्चालन गर्दै आएको सन्चालक राम कृष्ण कुंवर ज्यूले जानकारी गराउनु भयो । कृषि तथा तरकारी बजारमा आलु,प्याज,लसुन,तरकारी तथा फलफुल स्वदेश तथा बिदेशबाट आयात गरी होलसेल तथा खुद्रा कारोवार हुने जानकारी दिनु भयो । बुकिङ्ग खुली सकेको र बजारमा २५० वटा सम्म स्टल रहने लक्ष्य रहेको जानकारी गराउनु भयो । कार्यक्रममा प्रसाद ग्रहणका लागी स्थानिय ब्यक्तित्वहरु,बुद्धिजिबी,समाजसेबी,ब्यापारी तथा अन्य बिशिष्ट ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *