स्वतन्त्र संसार महर्जनको आत्म कथा झीरमा उनेको मान्छे…… पुस्तक बिमोचन भएका छन ।
बाहिरबाट हेर्दा म सधै हासिरहेको देखिन्छु । साथीभाईहरु भन्ने गर्छन तिमी सधै सकारात्मक कुरा गर्छाै,गफ गर्दा रमाईलो बनाउछौं । कतिपयले त मलाई नजिक नचिनेरै भन्छन,लाईफमा त सबै ठिकै होला नि, हेर हाँसिरहेको त छ । तर भित्र कतै लुकेर बसेको म, ती हाँसोको छायाँ भित्र रुँदैछु । मलाई लाग्छ मान्छेहरुको सबै भन्दा बलियो मुखौटा नै…













