खोकना,ललितपुर
खोकना जन स्वयम् सेवा समितिको १३ औं अर्ध बार्पिक उत्सव २०८२ सम्पन्न भएका छन । ललितपुर महानगरपालिका वडा नं. २१ खोकना स्थित काजिमान सिं भ्वय् छें मा भाद्र १४ गते शनिवार सम्पन्न भएका हुन् । ललितपुर महानगरपालिका का प्रवक्ता राजु महर्जन को प्रमुख अतिथ्यतामा सो कार्यक्रम शुरु भएको हो । कार्यक्रममा बुद्धिजिबी,समाजसेबी,वडा प्रमुख तथा वडा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । जसमा ललितपुर महानरपालिका वडा नं. २१ का रबिन्द्र महर्जन, ललितपुर महानगरपालिका वडा नं. २० का वडा प्रमुख चन्द्र लाल महर्जन ,वडा २१ वडा वडा सदस्य प्रदिप डंगोल र शालिक राम महर्जन उपस्थिति रहेको थियो । सभाका सभा अध्यक्ष बेखामुनी महर्जन ले सभाको स्वागत मन्तब्य दिदै सभा को शुरुवात गर्नु भयो । सभामा रुद्रायणी मा.बि.,युवा प्रतिभा बिद्या मन्दिर मा.वि.,पिस गार्डेन स्कुलका प्रध्यानाध्यापकहरु को उपस्थिति रहयो । साथै खोकना का समाजसेबी तथा राजनैतिक ब्यक्तित्वहरुको साथ पनि रहेको थियो ।
समितिले प्रत्येक बर्ष २ चरणमा कार्यक्रमलाई निरन्तरता दिदै आएको छ । यस वर्ष समिति १३ बर्षको सेवा गर्दै कार्यक्रम सम्पन्न गरेका हुन । समितिले खोकना कलननिमा दिवा सेवा मार्फत पनि सेवा गर्दै आउनु भएको छ ।
सो कार्यक्रमको लागी बुद्धि माया डंगाल लाखें व लक्ष्मिी शोभा महर्जन ले कार्यक्रमको भोज तथा प्रसादको लागी ब्यवस्था सेवा गरी पुण्य काम गर्नु भयो ।
थप तस्विर हेर्नु होस link













