बाहिरबाट हेर्दा म सधै हासिरहेको देखिन्छु । साथीभाईहरु भन्ने गर्छन तिमी सधै सकारात्मक कुरा गर्छाै,गफ गर्दा रमाईलो बनाउछौं । कतिपयले त मलाई नजिक नचिनेरै भन्छन,लाईफमा त सबै ठिकै होला नि, हेर हाँसिरहेको त छ । तर भित्र कतै लुकेर बसेको म, ती हाँसोको छायाँ भित्र रुँदैछु । मलाई लाग्छ मान्छेहरुको सबै भन्दा बलियो मुखौटा नै हाँसो हो । र मैले त्यो मुखौटा लगाएको धेरै बर्ष भईसकेको छ ।-अध्याय २४
निस्फिक्री हाँसोभित्रका आँशु
स्वतन्त्र संसार महर्जन झीरमा उनेको मान्छे……
स्वतन्त्र संसार महर्जनको आत्म कथा झीरमा उनेको मान्छे…… पुस्तक बिमोचन भएका छन । मिति २०८२ कार्तिक २ गते आईतबार स्वतन्त्र संसार महर्जनको आत्म कथा बुगंमति वडा नं. २२ कार्यबिनायकको खोकना क्याटरिङ्ग रेस्तुरेन्टमा भएको सो कार्यक्रम मा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन ज्यूको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा अतिथिको रुपमा कलाकार मदन कृष्ण श्रेष्ठ, नेपाल भाषा म्युजिक भिडियोका पहिलो निर्देशक बिजय रत्न शाक्य, बरिष्ट गायक रत्न बेहोसी,बरिष्ट निर्देशक तथा कलाकार पवन जोशी तथा अन्य बिशिष्ट ब्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सभापतिको रुपमा समाजसेबी तथा गायिका सरिता महर्जन रहेको थियो । झिरमा उनेको मान्छे पुस्तक का लेखक दिपक बिवश आँशु रहेका छन भने श्याम स्मृत ले सम्पादन गरेका छन । उत्कृष्ट र मर्म स्पर्शी पुस्तक स्वतन्त्र संसार महर्जनको आत्म कथा हो ।
तस्बिर बिनोद महर्जन






























