खोकना,श्रावण १२
ललितपुर महानगरपालिका वडा नं. २१ खोकना वडा कार्यालयमा वडा अध्यक्ष रबिन्द्र महर्जनको प्रमुख अतिथ्यमा दिर्घकालिन खानेपानी समस्या समाधान बिषयमा बैठक सम्पन्न भएको छ । दिर्घकालिन खानेपानी समस्या समाधानका लागी ललितपुर महानगरपालिका वडा नं. ३,४,१३,१४,१८,२१,२२,२५ का वडा अध्यक्ष ज्यू, वडा प्रतिनिधि ज्यूहरु श्री गोपाल महर्जन, सन्तोष खड्का, सागर तुलाधर,दौलत कुमार खत्री,गोपाल डंगोल लगायतले खानेपानी क्षेत्रमा हुने गरेको खानेपानी समस्या समाधानका लागी बिबिध समस्या र समाधानका बिषयमा बहस गर्नु भयो । उक्त छलफल बैठकमा रबिन्द्र महर्जनको बिशेष पहलमा गत साता खोनेपानीको मुख्य लाईनमा समस्या आएको र समस्या समाधानमा अग्रणी भुमिका निर्वाह गर्नु भएकोमा काठमाण्डौं उपत्यका खानेपानी ब्वस्थापन वोर्ड तथा उप कार्यकारी निर्देशक डा. डोल प्रसाद चापागाई ले धन्यवाद स्मरण गर्नु भयो । त्यस्तै काठमाण्डौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख श्री असोक कुमार पौडेल द्धारा खानेपानीको गुणसतरमा सुनिश्चिततामा केयुकेएलले बिषेश ध्यान दिने गरेको वताएका छन । वडा अध्यक्ष ज्यू, वडा प्रतिनिधि,वडा सचिवहरु ज्यू तथा काठमाण्डौं उपत्यका खानेपानी ब्यवस्थापन बोर्ड तथा काठमाण्डौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख तथा पदाधिकारीहरु र ईन्जिनियरको संयुक्त पहलमा बिभिन्न बिषयमा छलफल तथा निर्णयहरु गरेका छन । बैठकमा ललितपुर महानगरपालिका भित्र खानेपानी समस्या समाधानका बिषयमा महानगरपालिकाको उपस्थित वडा अध्यक्ष एवंम प्रतिनिधि,काठमाण्डौं उपत्यका खानेपानी ब्यवस्थापन बोर्ड तथा का.उ.खा.पा.लि का प्रमुख तथा पदाधिकारीहरुवाट अत्यन्त मिहिन र ब्यापक ढङ्गले धारणाहरु प्रस्तुत भयो र हाल भईरहेको खानेपानी आपुर्तिको प्रेसर वढाउन सक्ने गरी वागमति नदि पाईप क्रसिङ्गमा तत्काल ट्रष्ट ब्लक निर्माण गरी साबिकको प्रेसरमा पानी सन्चालन गर्ने निर्णय भयो । त्यस्तै शेषनारायण मुहानको पानी सन्चालन गर्न दक्षिणकाली न.पा. वडा नं. ३ स्थित कोटापरीमा २०० मि.मि.को पाईप मर्मत गर्न के.यु.के.एल को तर्फवाट ठेक्का भई सकेको सन्दर्भमा उक्त कार्यलाई यथाशिघ्र सम्पन्न गर्न आवश्यक पहल गर्ने निर्णय पनि गरेका छन । त्यस्तै फर्पिङ्ग खानेपानी प्रणालीका अन्तर्गतका स्रोतहरुलाई ब्यवस्थित गर्न का.उ.खा.पा.लि.को तर्फवाट डि.पि.आर. तयार गरी सरोकार निकायहरु समक्ष प्रस्तुत गर्ने निर्णय गर्दै बैठक समापन भएका छन । खानेपानी को ब्यवस्थापनका लागी दक्षिणकाली नगरपालिका, केयुकेयल र जन प्रतिनिधिहरु मिलेर दिर्घकालिन र तत्काल गर्नु पर्नु काम बिभाजन गर्न बैठक केन्द्रित रहयो ।






















