रक्तदान दिवस तथा स्वं. देव वहादुर डंगोलको ८९ औं स्मृति दिवस मा बृहत रक्तदान कार्यक्रम

२०८२ जेठ ३२,खोकना

स्वं. देव वहादुर डंगोलको ८९ औं जन्म दिवसको उपलक्ष्यमा शैक्षिक सामाग्री हस्तान्तरण तथा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएका छन । प्रमुख अतिथि सुधिरो भन्ते को प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रम ललितपुर महानगरपालिका वडा नं. २१ स्थित खोकनाको जितापुर गन्धकुटिमा भएको हो । श्री रुद्रायणी माध्यामिक बिद्यालय र श्री युवा प्रतिभा बिद्या मन्दिर बिद्यालयका १० जना बिद्यार्थीहरुले सो अवसरमा छात्रबृति पनि पाएका हुन । नेपाल रेडक्रस र देब बहादुर डंगोल स्मृति कोषको सहकार्यमा सो बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेका हुन । भिक्षु सुधिरो भन्तेले रक्तदान भनेको पनि शरिरको एक अङ्ग दान गरेको वरावर कै दान हो भनी ज्ञान दिनु भयो । कार्यक्रममा समितिले लिधंसा सहकारी संस्था लिमिटेड,मनचिन्तन भजन खलः र,श्री रुद्रायणी देपा दाफा खलः बाट नयाँ सदस्यताको बैधानिकता पनि दिने काम समपन्न गरेका थिए । स्वं.देव बहादुर समाजका एक सच्चा अगुवा रहेको ब्यक्त गर्दै खोकनाका महान कलाकार कार्टुनिष्ट मोहन श्याम खोकना ले देव बहादुर स्मृतिकोषका लागी नगद रु पाँच हजार कोषका लागी सहयोग गर्नु भयो ।

सम्पुर्ण भिडियो हेर्नु होस

One thought on “रक्तदान दिवस तथा स्वं. देव वहादुर डंगोलको ८९ औं स्मृति दिवस मा बृहत रक्तदान कार्यक्रम

Leave a Reply

Your email address will not be published. Required fields are marked *